


एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा, के होला स्पष्टिकरणमाथि निर्णय?

काठमाडौं– नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
बैठकमा शंकर पोखरेल र टोपबहादुर रायमाझीले तयार पारेको प्रतिवेदन पेश हुनेछ भने अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
यस्तै संसदीय दलका नेता समेत रहेका ओलीले अर्का नेता माधवकुमार नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदमाथि सोधिएको स्पष्टिकरणको जवाफका विषयमा पनि निर्णय लिइन सक्ने बताइएको छ।
तर संसदीय दलका नेताका हिसाबले स्पष्टिकरण लिइएका कारण उक्त विषयमा संसदीय दलको बैठकले नै निर्णय लिन सक्ने पनि कतिपयले अनुमान गरेका छन्। यद्यपि बैठकमा त्यस विषयमा छलफल हुनेछ।
नेता नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेश सांसदले स्पष्टिकरणको जवाफ संसदीय दलको कार्यालय सिंहदरबारमा बुझाइसकेका छन्।

