


शेरधनपत्नी जाङ्मुको आक्रोशः ‘अब चुप लागेर बस्नु हुँदैन’

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको चरित्र हत्या भएको बताएकी छिन् । उनले बारम्बार यस्ता घटना दोहोरिनु सुनियोजित भएकाले अब चुप लागेर बस्न नहुने बताएकी छिन् ।
बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन आग्रहसमेत गरेकी छिन् ।
शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको भए आँफै पनि कारबाहीमा उत्रिने समेत बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’
सामाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत…
Posted by Jangmu Enn Sherpa on Thursday, April 22, 2021

