यसकारण प्रधानमन्त्री ओलीसँग बिच्किएर बालुवाटारबाट निस्किए बामदेव

ओलीलाई साथ नदिने घोषणा


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीको व्यावहारले ‘बिच्किएका’ छन् ।

बिहीबार साँझ अध्यक्ष ओलीको निमन्त्रणामा डिनरका लागि बालुवाटार पुगेका गौतमले डिनरकै क्रममा ओलीलाई फागुन २८ को निर्णय फिर्ता लिन अनुरोध गरे पनि ओलीले त्यसमा आफू पछि नहट्ने बताएपछि बामदेव बिच्किएको जनाइएको छ ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुक स्टाटसअनुसार बामदेवको उक्त प्रस्तावलाई ओलीले ‘निर्णय फिर्ता हुँदैन’ भनेर भनेपछि डिनर नसकिँदै बामदेव बालुवाटारबाट बाहिरिएको जनाइएको छ ।

सुवेदीले सार्वजनिक गरेको तस्बिरमा केपी ओलीले खाना खाँदै रहेको अवस्थामा बामदेव उठेर हिँड्न लागेको देखिएको छ । जुन नेपाली र अन्य परम्परामा पनि असामान्य मान्ने गरिन्छ ।

बामदेवले अगाडि भने, ‘तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ’ ।

सुवेदीको फेसबुक स्टाटसः

सबैको जानकारीका लागि
हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी…

Posted by Bishwamani Subedi Bimasu on Thursday, April 22, 2021

 

प्रतिक्रिया