समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड नगर्नुः उच्च अदालत (आदेशसहित)


काठमाडौं – उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपकड गर्ने कार्य नगर्न र नगराउन भनी आदेश गरेको हो ।

केही दिनअघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरसहितको गोप्य पत्र भन्दै सार्वजनिक भएको थियो । त्यसलगत्तै सो समाचार प्रकाशन गरेका सञ्चारमाध्यममा प्रहरी पुगेको थियो । समाचार प्रकाशन गरेका सञ्चारमाध्यमले सो समाचारको खण्डन गरिसकेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखालाई विपक्षी बनाउँदै विनोद कुमार राउतले दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी भएको हो । “समाचार प्रकाशन गर्ने संस्थासमेत बाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी निवेदकलाई धरपकड गर्ने कार्य नगर्नु र नगराउनु भनि विपक्षी प्रहरी निकायका नाउँमा” अन्तरिम आदेश जारी गरिएको छ ।

उज्यालो नेटवर्क प्रा.लि.का तर्फबाट राउतले  प्रहरीको सञ्चारमाध्यमको कार्यालयमा नै गई खानतलासी र धरपकडविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

आदेशः

प्रतिक्रिया