

नेपालसँगको भेटपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
बालुवाटारमा आज मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसँग नागपोखरीस्थित होटल मेरियटमा २ घण्टा छलफल गरेका थिए। छलफल भने विना निष्कर्ष सकिएको नेपालले प्रतिक्रिया दिएका थिए।
बुधवार र बिहीवार गरि दुई दिन ओली(नेपालबीच वार्ता भएको थियो। ओली निकट नेताहरुका अनुसार वार्ता सकारात्मक नभएपछि ओलीले भोलिका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक पनि नरोक्ने भएका छन्।

