

ओली–नेपाल वार्ता प्रगतिशुन्य, अर्को बैठक टुंगो छैन

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता प्रगतिशुन्य अवस्थामा नै सक्किएको छ। बुधबार भएको छलफलले एमालेभित्रको आन्तरिक विवाद समाधान हुने संकेत देखिए पनि विहिबार प्रगतिशुन्य अवस्थामा नै वार्ता सकिएको हो।
अर्को बैठक कहिले हुन्छ भन्ने विषय पनि टुंगो नलागी प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका थिए। कतिपय समाचार माध्यमलाई नेता नेपालले बुधबारको बैठकमा आश लागे पनि अब त्यो पनि बाँकी नरहेको प्रतिक्रिया दिएका छन्।
ओली–नेपाल संवाद सुरु भएपछि एमाले कार्यकर्तामा हौसलाको संचार भएको थियो भने धेरै नेता सहमतिको पक्षमा उभिएका थिए। निर्णायक भनिएको वार्ता अन्तिम भने नरहेको कतिपयले बताएका छन्।

