

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १ नमुनाको पीसीआर परीक्षणमा २३६५ र ४४७ एन्टिजेन टेष्ट गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा २ सय ५२ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हालसम्म २३ लाख ७९ हजार ४ सय २ पीसीआर परिक्षण गरिएकोमा २ लाख ९२ हजार १ सय ५२ जनामा कोरोना पुष्टी भएको छ । त्यस्तै हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना कोरोनामुक्त भएका छन् भने ३ हजार १ सय १७ जनाको मृत्यु भइसकेको छ ।

