

ओलीको निर्णयविरुद्ध माधव नेपाल समूह फेरि निर्वाचन आयोगमा

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध माधवकुमार नेपाल समूह निर्वाचन आयोग गएको छ। आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए।
पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत निर्णय गरेको भन्दै उनीहरु निर्वाचन आयोग पुगेका हुन्।
आफ्नो समूहका नेताहरुलाई मात्र राखेर ओलीले २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल समूहका नेताहरु यसअघि पनि आयोग गएका थिए।

