

कर्णालीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं – कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जनालाई सपथ गराएका हुन्।
आइतबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढालाई प्रदेश प्रमुख कलौनीले शपथ गराएका हुन्।
शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन ‘फ्लोर क्रस’ गरेका नेकपा एमालेका तीन जना सांसदलाई मुख्यमन्त्री शाहीले शनिबार मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उनी भने मन्त्री बनेनन्। उनीहरु चारै जनालाई एमालेले भने पार्टीबाट कारबाही गरिसकेको छ।

