ग्याँस ट्याङ्करको ठक्करबाट ई–रिक्सामा सवार ९ जना घाइते, ६ को अवस्था गम्भीर


पर्सा – वीरगञ्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८:०० बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको RJ 14 GE 8710 नम्बरको ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएर फरार भएको थियो ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेहरुलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा लगि उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार भएको ग्याँस ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिईएको छ ।

चालक भारत, मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन् ।

चालकले मादक पदार्थ समेत सेवन गरेको स्वास्थ्य परीक्षण पश्चात खुल्न आएको छ ।

प्रतिक्रिया