बुढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना लुटेरा पक्राउ


काठमाडाैं – प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा कर्मा तामाङ रहेका छन् । उनी सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा तामाङले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो।

उनलाई प्रहरीले शनिबार राति गोली हानेर नियन्त्रणमा लिएको हो । उनको घुँडामुनि गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कर्मा यसअघि पनि पक्राउ परेका जेनजी आन्दोलनका बेला फरार भएका थिए ।

प्रतिक्रिया