
निर्वाचन क्षेत्र पुगेका सांसद पन्थी लडेर घाइते
गुल्मी – गुल्मी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी लडेर घाइते भएका छन् ।
सांसद पन्थी आफ्नै निर्वाचन क्षेत्र धुर्कोटमा भेटघाटको क्रममा लडेर सामान्य घाइते हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार उनी धुर्कोट आधारभूत अस्पतालमा उपचार तथा निरीक्षणपछि नियमित भेटघाटमै रहेका छन् ।



कागजपत्र |
