
गाडीमै ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु
काठमाडौं – राजधानीको माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सवा १० बजे गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित सडकमा बा.प्र. ०६-००१ झ ००१७ नम्बरको गाडीले बोकेको दुई वटा फायर एक्सटिंग्विशर र एउटा अक्सिजन ग्यास सिलिन्डर पड्किएको थियो।
पड्किएको सिलिण्डरले बागलुङ घर भई माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापालाई लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार घाइते भएका थापालाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लग्नेक्रममा बाटोमा मृत्यु भएको हो।



कागजपत्र |
