पशुपतिमा जोगीको हत्या गरेर फरार भएका एक जना पक्राउ


काठमाडौं- काठमाडौंको पशुपतिस्थित १५ नम्बर शिवालयमा जोगीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका दर्बेनाथ भन्ने सुविन राना मगर छन् । उनलाई महोत्तरीको गौशाला नगरपालिका ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०८२ फागुन ६ गते काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित १५ नम्बर शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा परियारको हत्यामा राना मगरको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका राना मगरलाई काठमाडौं ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया