
बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ
महोत्तरी- बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
प्रहरीका अनुसार महोत्तरी जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई फरार प्रतिवादीको सूचीमा राखेको थियो। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखेर बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले मुद्दासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
