
एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज (शुक्रबार) भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो ।



कागजपत्र |
