सुधन र महावीरले लिए शपथ


काठमाडौं- प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित शपथ ग्रहण समारोहमा दुई नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूमा गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाएका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइएको छ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङ सम्पत्ति विवरणसम्बन्धी विवादपछि राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्।

त्यस्तै महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका थिए। फागुन २१ को निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए।

गुरुङ गोरखा–१ बाट रास्वपाका निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

प्रतिक्रिया