
जेनजी आन्दोलनमा फरार थुनुवा सुन्धाराबाट पक्राउ
काठमाडौं – जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) रहेका छन्। उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारास्थित कारागार नजिकैबाट पक्राउ गरेको हो।
उनी अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पक्राउ परेका थिए। तर, बालाजु प्रहरी वृत्तबाट उनी फरार भएका थिए।
प्रहरीले फरार भएपछि खोजी अभियान तीव्र पारेको थियो र अन्ततः सुन्धारा क्षेत्रबाट उनलाई पुनः नियन्त्रणमा लिइएको जनाएको छ।



कागजपत्र |
