प्रतिनिधि सभा बैठक सोमबारसम्म स्थगित


काठमाडौं- प्रतिनिधि सभाको बैठक सोमबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश गर्न सकेन । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।

 

प्रतिक्रिया