
रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा प्रस्थान
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी सोमबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेका हुन्।
रास्वपा प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भ्रमणबारे जानकारी दिएका थिए। उनी यही जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि भारत प्रस्थान गरेका छन्।



कागजपत्र |
