किन हुन्छ पटक-पटक विवाद धुलिखेल अस्पतालमा ?


काभ्रे – केहि बर्ष अगाडिसम्म उपचारमा देशकै नमुना रहेको धुलिखेल अस्पतालको सेवा खस्कदै गैरहेको छ। तराई मात्र होइन, भारतदेखि विरामीहरूको घुईँचो लाग्ने गर्दथ्यो। काठमाण्डौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच खटपट भैरहेको विषय बेलाबखत नआएको हैन। कहिले विमा सेवाको सन्दर्भमा, कहिले गणस्तरिय उपचार नगरेको सन्दर्भमा त कहिले चिकित्सक एवं अस्पताल प्रशासनको लापर्वाहिको शिकार दर्जनौं सेवाग्राहि भैरहेको पाइन्छ ।

यस्तै घटनाहरूमध्ये गत सोमबार विमासेवाको सेवाग्राही र अस्पतालबीच घम्साघम्सि भयको र केहिदिनपछि अस्पताल प्रशासनको सकृयतामा सहमति भएको विषय पनि सार्वजनिक भएको थियो। यस्तै एक घटना २०८३ जेष्ठ १६ गते शनिवार पनि घट्यो। १५ गते वेथानचोक-१ को २९ बर्षिया बिना सिंङ्तान सुत्केरि हुनको लागि अस्पतालमा भर्ना भइन् । वेलुका ११ बजे अप्रेशनको लागि अप्रेशन थियटरमा लगेको बिनाको ४५ मिनेटपछि बच्चा सकुशल निकाल्न सफल भएको थियो तर त्यसलगत्तै अत्याधिक रक्तश्राव भएको भन्दै तत्काल धेरै भन्दा धेरै रगत संकलन गर्न भनियो। विरामिलाई भेट गर्न दिईएन। अस्पतालले अप्रेशन गर्दा अचेत भएको बिनाको होस नखुलेपछि १६ गते बिहान १० बजे मृत घोषणा गर्यो ।

मृतक विनाको आफन्तले बिनाको अस्वाभाविक मृत्युको कारण बिहान सवा ११ बजे अस्पताल प्रशासनसँग माग गरेपनि १:३० सम्म अस्पतालबाट कुनै प्रतिकृया नआएको र १:४५ मा प्रशासकिय अधिकृत सुर्य प्रकाश श्रेष्ठले संलग्न चिकित्सक आउँदै गरेको जानकारी दिएका थिए ।

बिनाको ज्यान गुमेपछि अस्पतालमा भेला भएका आफन्तहरू आक्रोशित हुँदा सामान्य झडपको अवस्था सिर्जना हुन पुग्यो । त्यसपश्चात अस्पताल प्रशासनले स्थानिय युवाहरू बोलाई पिडित पक्षमाथि ईट्टा र गमलाले अन्धाधुन्ध प्रहार गर्न थाले र पिडित पक्ष पनि घाईते भयो। उक्त अस्पतालमा खटिएको प्रहरिले जिल्ला प्रहरिमा खबर गरेपछि आएको प्रहरिहरूले स्थिति नियन्त्रणमा लिएको थियो ।

घटनापछि दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन कार्कीको संयोजनमा सहमति गरिएको थियो । उक्त अवसरमा धुलिखेल अस्पताल र पिडित पक्षबीच मृतक र जिवित बच्चाको उपचार निःशुल्क गर्ने र घटनामा घाईते दुबै पक्षको बिरामिको उपचार गर्ने आगामी दिनमा मिलेर जाने सहमति गरि पिडितले शव बुझिलिएका छन्। घटनाका बारेमा अस्पताल प्रशासनले बिरामीको अवस्थाबारे ढिला गरी जानकारी दिएकोमा एसपी कार्कीले पनि दुःख व्यक्त गरेका थिए ।

उक्त घटनामा अस्पताल प्रशासन ज्यादै गैरजिम्मेवार देखिएको छ । रातीको ११ बजे अपरेशन थिएटरमा लगेको बिरामीको अपरेशन सकिएको करिब १० घन्टासम्मको अवस्थाको बारेमा परिवारलाई सामान्य जानकारी नदिनु अस्पताल प्रशासनको लापरबाही भएको पीडित पक्षहरुले जनाएका छन् । भोलिपल्ट बिहान १० बजे मृत्यु भएको बिरामीको अवस्थाबारे साढे ११ बजेमात्र जानकारी दिनु पनि उचित देखिँदैन । गम्भीर प्रकृतिका बिरामी भएको अवस्थामा अस्पताल प्रशासनले सकेसम्म आफन्तहरुलाई बिरामीको बारेमा जानकारी दिनु पर्ने हो ।

अस्पताल प्रशासनले स्वयं आफैं बिरामीका आफन्तहरुलाई भेट गरेर जानकारी दिनुपर्नेमा अस्पताल प्रशासन चुकेको देखिन्छ । यसअघि पनि धुलिखेल अस्पतालमा यस किसिमका घटना भइरहने गरेको सुनिएको छ । पटकपटक यस्ता किसिमको घटना दोहोरिनुमा अस्पताल प्रशासन गैर जिम्मेवार बनेको हो कि ?

प्रतिक्रिया