
आयकर छुटको सीमा दोब्बर, ५ लाखबाट बढेर १० लाख पुग्यो
काठमाडौं- सरकारले आयकर छुटको सीमा बढाएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरसम्बन्धी नयाँ व्यवस्था घोषणा गरेका हुन्।
अर्थमन्त्री वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए।
सरकारको यो निर्णयसँगै न्यून आय भएका करदाताले राहत पाउने अपेक्षा गरिएको छ। आयकर छुटको सीमा विस्तार गर्ने कदमले कर प्रणालीलाई थप न्यायोचित र नागरिकमैत्री बनाउने सरकारको विश्वास छ।
नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने जनाइएको छ। बजेटमार्फत सरकारले कर प्रणालीमा सुधार गर्दै आर्थिक गतिविधि प्रवर्द्धन र नागरिकलाई राहत दिने नीति अघि सारेको जनाएको छ।



कागजपत्र |
