
भन्सार दर ११ बाट ७ तहमा झारियो, ३६० वस्तुको अन्तःशुल्क खारेज
काठमाडौं- सरकारले मुलुकको भन्सार प्रणाली र कर संरचनामा व्यापक हेरफेर गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै हाल कायम रहेको ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गर्ने घोषणा गरेका हुन्।
बजेटमार्फत उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल दरमा एक तह कटौती गरिएको छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी वर्षदेखि कुल २७३ वटा वस्तुको भन्सार दर घट्नेछ भने बजारलाई थप चलायमान बनाउन ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको छ।
यसैगरी, भन्सार विन्दुमा संकलन हुने झन्झटिला र छरिएका विभिन्न करहरूलाई खारेज गरी सरकारले अबदेखि एकीकृत ‘हरित कर’ का रूपमा रूपान्तरण गर्ने नीति लिएको छ।



कागजपत्र |
