
आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित
काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ।
केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) पेश गरेका थिए। उक्त बजेटमाथि छलफलपछि मन्त्रिपरिषद्ले पारित गरेको हो।
मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले केहीबेरमै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने परम्परा रहँदै आएको छ। यसैअनुसार सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आय, व्यय, राजस्व र विकास योजनासहितको बजेट सार्वजनिक गर्न लागेको हो।



कागजपत्र |
