‘फ्लोर क्रस’ गर्ने सांसद भन्छन्, ‘पार्टीले कारवाही गर्ने थाहा हुँदाहुँदै पनि मत दिएको हो’


काठमाडौं – पार्टीको ह्वीप विपरित गएर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका नेकपा एमालेका सांसद अम्बरबहादुर थापाले आफुले कुनै गल्ती नगरेको बताएका छन् ।

कर्णाली प्रदेशका सांसद थापाले पार्टीलाई आफूले नभई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाए ।

थापाले निर्देशन विपरित गएर मत दिँदा पार्टीले कारवाही गर्ने थाहा हुँदाहुँदै पनि मत दिएको बताए । उनले आफूबाट पार्टीलाई कुनै धोका नभएको बरु उल्टै ओलीले पार्टीमा ठूलो गल्ती र धोका दिइरहेको आरोप लगाए ।

कर्णाली प्रदे एमाले संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको भएपनि उनले कहिल्यै सहयोग नगरेकाले मत दिन नसकेको समेत बताए ।

सांसद थापा पार्टीभित्र माधवकुमार नेपाल निकट मानिन्छन् ।

योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन्। विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

प्रतिक्रिया