कर्णाली प्रदेशः फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही


सुर्खेत — कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावमा पार्टीको ह्वीप विपरित मत दिने चार सांसदलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ ।

कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले पार्टीको निर्णयविपरित प्mलोर क्रस गर्ने सांसदलाई आजै (शुक्रबार) कारबाही गरिने बताए ।

माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले आफूलाई विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत प्राप्त गरेका छन् भने प्रस्तावको विपक्षमा १५ मत मात्र परेको थियो । मतदानमा ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

 

प्रतिक्रिया