विपक्षीको विरोधबीच सभामुखले अघि बढाए संसद् बैठक


काठमाडौं – विपक्षी दलहरूको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यसूची अघि बढाएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठकमा अवरोध गरिरहेका थिए ।

विरोधकै बीच सभामुख अर्यालले कार्यसूचीलाई निरन्तरता दिएका हुन् । त्यसक्रममा पर्यटनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए ।

सभामुखले त्यसपछि पनि अन्य कार्यसूची अघि बढाएका छन् ।

प्रतिक्रिया