
एमालेले राज्य कोषमा फिर्ता गर्यो भीआईपी उपचारको ३ करोड ९० लाख
काठमाडौं – नेकपा एमालेले आफ्ना शीर्ष नेताहरूको वैदेशिक उपचारका नाममा राज्य कोषबाट लिइएको झण्डै चार करोड रुपैयाँ फिर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइरहेका बेला एमालेले उक्त रकम राज्यको राजस्व खातामा दाखिला गरेको हो ।
अख्तियार र अर्थ मन्त्रालय स्रोतका अनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालको वैदेशिक उपचारका नाममा लिइएको रकम फिर्ता गरिएको हो ।
कुल ३ करोड ९० लाख रुपैयाँमध्ये ओलीका नाममा खर्च भएको २ करोड ३९ लाख, खनालको ८१ लाख र यादवको ७० लाख रुपैयाँ एमालेले फिर्ता गरेको स्रोतले जनाएको छ ।
जनस्वास्थ्य ऐन, २०७५ विपरीत विदेशमा उपचार खर्च राज्य कोषबाट भुक्तानी गरिएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानको बीचमै रकम फिर्ता गरिएको बताइएको छ ।



कागजपत्र |
