
कावासोतीको मकैबारीमा मृतावस्थामा भेटियो गैंडा
कावासोती – नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ ।
स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८:३० बजेतिर दिएका थिए ।
त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयको टोली सो क्षेत्रमा पुगेको थियो ।



कागजपत्र |
