
चोभारमा प्रहरीले चलायो गोली, गुल्मीका घिमिरेको हत्या आरोपी नियन्त्रणमा
काठमाडौं – राजधानीको चोभारमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो।
कार्यालयबाट खटिएको विशेष टोलीले प्रहार गरेको गोलीबाट सुजन शाही घाइते भएको कार्यालयका एसएसपी सन्तोष खड्काले जनाए । शाही केही दिनअघि कीर्तिपुरमा भएको गृल्मीका युवकको हत्यासम्बन्धी घटनाको आरोपी भएको बताइएको छ।
घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताए।
कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो।
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो । खुकुरी प्रहारमा संलग्नहरूको प्रहरीले खोजी गर्दै आएकोमा आज नियन्त्रणमा लिने क्रममा गोली नै चलाइएको हो।
तीन जना मिलेर उक्त हत्या गरेको प्रहरीको भनाइ छ।



कागजपत्र |
