कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : गगन थापा


सुर्खेतनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

सोमबारदेखि सुर्खेतमा सुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस–एमालेबीच भएको पूर्व सहमति अनुसार कर्णालीको नेतृत्व अब कांग्रेसको भागमा पर्ने बताएका हुन् ।

उनले वर्तमान परिस्थितिमा कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने समय आएको टिप्पणी गरे ।

“अब हामीले नेतृत्व गर्ने बेला आएको छ,” थापाले भने ।

हाल कर्णाली प्रदेशमा ०८१ साउनदेखि कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीका रूपमा कार्यरत छन् ।

यसअघि नै कांग्रेस प्रदेश कमिटीले सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरिसकेको भए पनि संसदीय दलका नेता जीवनबहादुर शाहीले त्यस विषयमा सक्रियता नदेखाएको बताइएको छ ।

प्रतिक्रिया