Click to toggle navigation menu.

बलात्कार प्रयास गर्ने साउद पक्राउ


सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका-२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड-३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । ‘पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो’, प्रहरी प्रमुख शर्माले भने, ‘उनविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।’

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए । आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिनुभयो । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए । सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा अमित विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया



थप समाचार

पत्रकारको आवरणमा रकम असुल्ने सरकारी कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- पत्रकारको आवरणमा विभिन्न निकायबाट गैरकानूनी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापमा कार्यरत एक सरकारी कर्मचारीविरुद्ध विशेष  — विस्तृतमा

नवलपरासीमा बाबु र छिमेकीको हत्या, छोरा घरबाटै पक्राउ

परासी- नवलपरासी पश्चिमको सुनवल नगरपालिका–२ औरहियामा एक व्यक्तिले आफ्नै बाबु र छिमेकीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार  — विस्तृतमा

डाका समूहले गर्यो हत्या र लुटपाट

राजविराज– डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।  — विस्तृतमा

प्रहरी प्रवक्तामा डिआइजी विनोद घिमिरे

काठमाडाैं- नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको  — विस्तृतमा

तुलसी बहुमुखी सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैद, ६७ करोड बढी रकम फिर्ता गर्न आदेश

विराटनगर- मोरङ जिल्ला अदालतले तुलसी बहुमुखी सहकारी संस्थाको करोडौँ रकम अपचलन गरेको ठहर गर्दै अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष  — विस्तृतमा

सप्तकोशी नदीमा उद्धार अभ्यासको क्रममा दुई प्रहरी डुबेर हराए

धरान- सप्तकोशी नदीमा डुबेर दुई जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा सुरज साउद र हरदेव राजवंशी  — विस्तृतमा

रसुवामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २ युवक पक्राउ

रसुवा-  रसुवाको आमाछोदिङमो गाउँपालिका–५ तातोपानीमा एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। पक्राउ  — विस्तृतमा

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन  — विस्तृतमा

महोत्सवमा साउण्ड सिस्टमको तार झिकेर प्रशंसा कमाएकी डीएसपी हेडक्वार्टर तानिइन्

काठमाडौं-  सिमरा इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्दै स्थानीयस्तरमा शान्ति सुरक्षामा सक्रिय देखिएकी डीएसपी शुभद्रा वाइबालाई प्रहरी प्रधान कार्यालयले विभागीय  — विस्तृतमा

बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२  — विस्तृतमा

कुटपिटबाट गम्भीर घाइते किशोरको मृत्यु

दाङ – तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ। नेपालगञ्जस्थित नर्सिङ होममा  — विस्तृतमा

ताप्लेजुङमा खुकुरी प्रहार गरी लिम्बूको हत्या, अभियुक्त जंगलबाट पक्राउ

ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र लिम्बूको खुकुरी प्रहारबाट ज्यान गएको छ। हत्या अभियोगमा सोही स्थानका ३२  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist