Click to toggle navigation menu.

बलात्कार प्रयास गर्ने साउद पक्राउ


सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका-२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड-३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । ‘पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो’, प्रहरी प्रमुख शर्माले भने, ‘उनविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।’

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए । आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिनुभयो । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए । सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा अमित विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया



थप समाचार

२४ घण्टामा उपत्यकामा ६५८ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ।  — विस्तृतमा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका  — विस्तृतमा

जनविश्वास कायम राख्न निष्पक्षता र व्यावसायिकतालाई व्यवहारमै उतार्नुपर्छः आईजीपी कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र सीमित नभई नागरिकले गर्ने  — विस्तृतमा

सशस्त्र एआईजी दाहाल बर्खास्त

काठमाडौं – सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द  — विस्तृतमा

सशस्त्रका निलम्बित एआईजी दाहालमाथिको छानबिन प्रतिवेदन गृहमा

काठमाडौं – सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि कारबाही सिफारिस प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ । आचरण विपरीतको काम  — विस्तृतमा

काँडाघारीमा गोली हानि नियन्त्रणमा लिइएका आर्यन माझी २७ मुद्दाका प्रतिवादी

काठमाडौं – काठमाडौं उपत्यकामा शृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्दै आएको समूहका मुख्य नाइकेसहित तीन जना प्रहरीले इन्काउन्टर गरी  — विस्तृतमा

काँडाघारीमा चल्यो गोली, ३ लुटेरा पक्राउ

काठमाडौं – प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ। बुधबार राति काँडाघारीमा प्रहरीले गोली चलाएर लुटेरालाई  — विस्तृतमा

भालुको पित्त र हात्तीको दाह्रासहित तीन जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान  — विस्तृतमा

बिलबिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका  — विस्तृतमा

सशस्त्रका एआईजी दाहाल निलम्बनमा

काठमाडौं – गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई  — विस्तृतमा

दुर्घटनामा घाइते युवकको साथबाट पेस्तोल बरामद

रौतहट – सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। दुर्घटनापछि घाइते अवस्थामा भेटिएका कविलासी  — विस्तृतमा

बालिकाको अपहरण गर्ने युवकलाई प्रहरीले गोली हानी लियो नियन्त्रणमा

बुटवल – रुपन्देहीको तिलोत्तमामा घरमा सुतेकी १० वर्षीया बालिकालाई अपहरण गरेका युवालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist