स्रोत नखुलेको २७ लाखसहित विराटनगर विमानस्थलबाट २ जना पक्राउ


विराटनगर – विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार काठमाडौं उडानका क्रममा नियमित सुरक्षा जाँच गर्दा दुई फरक उडानबाट यात्रुहरूको साथबाट ठूलो परिमाणमा नगद फेला परेको हो ।

वैशाख १८ गते राति बुद्ध एयर को उडानबाट काठमाडौं जान लागेका सुनसरी धरान–१८ निवासी ३५ वर्षीय दिलीप तामाङ को झोलाबाट ११ लाख रुपैयाँ बरामद भएको छ ।

त्यसैगरी, वैशाख १९ गते दिउँसो श्री एयरको उडानमार्फत काठमाडौं जान लागेका भारतको मालदा जिल्ला निवासी ३६ वर्षीय मोहिदिल अलिल को साथबाट १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनामा बरामद रकमको आधिकारिक स्रोत खुल्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको कोपिला चुडालले जानकारी दिइन् ।

हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया