त्रिपुरेश्वर–टेकु खण्डको सुकुम्बासी बस्तीमा चल्यो डोजर


काठमाडौं — सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाउन थालेको छ ।

यसैक्रममा त्रिपुरेश्वरको विश्वनिकेतन स्कुलदेखि टेकुसम्मको बागमती करिडोरका  सुकुम्बासी बस्तीमा पनि डोजर चल्न थालेको छ । यो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

यस क्षेत्रका बासिन्दाहरुले बिहीबारदेखि स्वयं बस्ती खाली गरिरहेका थिए ।

प्रतिक्रिया