
एकदिवसीय खेलमा अर्जुन कुमालको डेब्यू
काठमाडौं – युवा ब्याटर अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा डेब्यू गरेका छन् ।
आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध केहीबेरमा हुने खेलमा नेपालका युवा ब्याटिङ अर्जुनले डेब्यु गरेका हुन् ।
उनलाई कप्तान रोहित पौडेलले डेब्यु क्याप हस्तान्तरण गरे ।
अर्जुनले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको आधारमा उनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
क्रिजमा जमेर लामो इनिङ खेल्ने क्षमता अर्जुनमा छ ।



कागजपत्र |
