
नेकपाले टुंग्यायो प्रदेश इन्चार्ज र संयोजकका नाम
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने तयारीसँगै प्रदेश इन्चार्ज र संयोजकहरूको टुंगो लगाएको छ।
पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले सातै प्रदेश तथा विशेष संरचनाका लागि जिम्मेवारी बाँडफाँट गरेको हो।
बैठकको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेस प्रदेशमा महिन्द्र राय यादव, वाग्मती प्रदेशमा डा. गंगालाल तुलाधर र गण्डकी प्रदेशमा श्रीनाथ बराललाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावललाई नियुक्त गरिएको छ।
उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी हितमान शाक्यलाई दिइएको छ भने सम्पर्क समन्वय प्रदेश इन्चार्जमा यशोदा सुवेदीलाई जिम्मेवारी सुम्पिएको छ।
यस्तै, प्रदेश संयोजकतर्फ कोशी प्रदेशमा हर्क नेम्वाङ, मधेसमा राजु खड्का, वाग्मतीमा सरल सहयात्री तोकिएका छन्।
गण्डकी प्रदेश संयोजकमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दुल हुसेन खान, कर्णालीमा विमला केसी र सुदूरपश्चिममा हरिराम चौधरीलाई जिम्मेवारी दिइएको छ।
उपत्यका विशेष प्रदेश संयोजकको जिम्मा विष्णु लामिछानेलाई दिइएको छ भने सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाललाई तोकिएको नेकपाले जनाएको छ।



कागजपत्र |
