गैरीगाउँमा पनि डोजर चलाउने तयारी


काठमाडौं- सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा पनि आजै डोजर चलाउने तयारी गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गैरीगाउँ क्षेत्रको बस्ती खाली गराउने प्रक्रिया अघि बढाइएको छ। यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीलाई भने शान्तिपूर्ण रूपमा खाली गराइसकिएको छ।

सरकारले दुई दिनअघि सूचना जारी गर्दै काठमाडौंका मुख्य सुकुम्बासी बस्तीहरू आज र भोलिसम्म खाली गराउने योजना सार्वजनिक गरेको थियो। सोही योजना अनुसार अहिले विभिन्न स्थानमा बस्ती हटाउने कार्य अगाडि बढाइएको हो।

प्रतिक्रिया