
उपसभामुख रुवीको भाईसँग घुमघाम (तस्बिरहरूसहित)
काठमाडौं – उपसभामुख रुवीकुमारी ठाकुरले आफ्नो भाईसँग घुमघाममा निस्केको तस्बिर सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमार्फत् उपसभामुख ठाकुरले धेरैसमयपछि भाईसँग घुमघाम गर्ने अवसर पाएको बताएकी छिन् ।
उनले सार्वजनिक गरेको तस्बिरहरु हेर्दा उनीहरु नितान्त दिदी–भाईको घुमघाममा गएको अनुमान लगाउन सकिन्छ ।
उनले सार्वजनिक गरेको तस्बिरमा उनीहरु दिदी–भाई मात्रै रहेको अनुमान लगाउन कठिन हुँदैन । कुनै पनि फोटोमा दुवैजना एउटै फ्रेममा देखिएका छैनन् । उनीहरु ललितपुरको द हेभेन फल्समा गएको उपसभामुख यादवले नै लेखेकी छिन् ।
२५ वर्षको उमेरमै उपसभामुख जस्तो गरिमामय पदमा पुगेर विश्वकीर्तिमान कायम गरेकी उपसभामुख यादवको यस तस्बिरबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउनसक्छ । उक्त कुरा उपसभामुख ठाकुर स्वयंले पनि महसुस गरेको उनले लेखेको स्टाटसमा छ ।
उनी तस्बिरहरु सार्वजनिक गर्दै लेख्छिन्, ‘धेरै समयपछि भाइसँग घुम्ने अवसर मिल्यो, र हामी The Heaven Fallsललितपुर पुगेका थियौँ। काठमाडौं उपत्यकाभित्र अवस्थित यो सुन्दर झरना साँच्चै नै मनमोहक र आकर्षक पर्यटकीय गन्तव्य रहेछ। यसको प्राकृतिक सौन्दर्यले जो–कोहीलाई लोभ्याउँछ।
यस्ता महत्वपूर्ण स्थलहरूको संरक्षण, सम्बर्द्धन र व्यवस्थित विकासका लागि सरकारले प्राथमिकता दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ठूलो टेवा पुग्नेछ, जसले पर्यटन क्षेत्रको समग्र उत्थानमा महत्वपूर्ण योगदान गर्नेछ।



कागजपत्र |


