स्वर्गद्वारी जाँदै गरेको जिप दुघर्टना, १ जनाको मृत्यु, १३ जना घाइते


प्युठान – प्युठानको स्वर्गद्वारी जाँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भएको दुर्घटनाका घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी छ । घाइतेमध्ये केहीलाई बुटवल रिफर गरिएको छ । जीपमा बच्चासहित २१ जना सवार रहेको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया