
१५औं महाधिवेशनमा सबै पक्षलाई साथमा लिएर अघि बढ्छाैंः सभापति थापा
मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल बनाउन पार्टीभित्रका सबै नेता तथा कार्यकर्तासँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले पार्टीको काँधमा थप जिम्मेवारी आएको छ। यसलाई ध्यानमा राख्दै सङ्गठनलाई थप सुदृढ बनाउँदै अघि बढ्ने उनको भनाइ थियो।
सभापति थापाले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न तथा जनतासँग प्रत्यक्ष जोडिएका विषयमा आवश्यक सहयोग गरिने स्पष्ट पारे।



कागजपत्र |
