
पश्चिम नवलपरासीमा आगलागीबाट १२ घर जले
नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ । आगलागी मङ्गलबार दिउँसो भएको हो ।
जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबिच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् ।



कागजपत्र |
