अविश्वास प्रस्ताव दर्ताअघि माओवादी केन्द्रले लियो समर्थन फिर्ता


काठमाडौँ – नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

सो लगत्तै काँग्रेस, माओवादी, जसपा र जनमोर्चा लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

प्रतिक्रिया