नयाँ वर्षमा नेप्से रेकर्ड ब्रेक गर्दै, २०.६७ अंकले बढ्याे परिसूचक


काठमाडौं – नयाँ वर्ष २०७८ लाई सेयर बजारले स्वागत गरेको छ । नयाँ वर्षको पहिलो कारोबार दिन २०.६७ अंकले बजार सुधार भएको छ ।

सेयर बजार परिसूचक पनि २ हजार ७३५.४६ अंको बिन्दुमा पुगेर बन्द भएको छ । २ सय १८ वटा कम्पनी कारोबारमा आए थिए । आज ८ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह र जलविद्युत बाहेक सबैमा हरियाली छाएको छ । उक्त दिन व्यपापार समूह ९९.६५ अंक र जलविद्युत ८.९७ अंकले घटेको छ ।

उक्त दिन बैंकिङ समूह २३.०४अंक, होटेल तथा पर्यटन १०.५ अंक, डेभलपमेन्ट बैंक ९०.१८, फाइनान्स २८.३९, निर्जीवन बीमा ९.०३, माइक्रोफाइनान्स ६.१४, जीवन बीमा ४५.६८ अंकले वृद्धि भएको छ ।

उक्त दिन दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाको ४९ करोड ८९ लाख र निफ्राको ४९ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया