
गतिशील सहकारी अध्यक्ष बलराम पाठकलाई ७ दिनको म्याद थप
काठमाडौं – बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गरेको छ। यससँगै उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ।
ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकलाई अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले सात दिनको म्याद थप अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार सहकारीमा बचतकर्ताको रकम अपचलन भएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै अध्यक्ष पाठकलाई नियन्त्रणमा लिएको हो।
एसएसपी बोगटीले भने, “गतिशील सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा हाम्रो टोलीले अध्यक्ष पाठकलाई नियन्त्रणमा लिएको हो। आज अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएका छौँ।”



कागजपत्र |
