गृहमन्त्री गुरुङ रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बूढानीलकण्ठ पुगेका छन्। गृहमन्त्री गुरुङ लामिछानेकै निजी निवासमा पुगेर भेटवार्ता गरेको जनाइएको छ।

विवादास्पद व्यवसायी दीपक भट्टसँग साझेदारी र लगानी सम्बन्धी विषय सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङ यतिबेला आलोचनाको केन्द्रमा छन्। सोही प्रकरणलाई लिएर उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज समेत उठिरहेको छ।

गृहमन्त्रीमाथि सार्वजनिक रूपमै प्रश्न उठ्न थालेपछि पार्टी र सरकार दुवैले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने भन्दै चौतर्फी दबाब बढिरहेको छ।

प्रतिक्रिया