जाजरकोटमा ग्यास पड्कँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु


सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा तीनजना घाइते भएका थिए ।

घाइतेमध्ये ठालुप्रसादकी ४२ वर्षीया श्रीमती माया जैसीको काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले बताए ।

nabil
आगलागीमा घाइते भएका रूपा जैसी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाडौंमै उपचार भइरहेको छ ।

घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंमा लगिएको थियो ।

प्रतिक्रिया