गृहमन्त्री गुरुङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न साम्पाङको सुझाव


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

सरकारलाई सुझाव दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा साम्पाङले गुरुङमाथि प्रश्न उठिरहेकाले मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताएका हुन् ।

‘उहाँको जहिल्यै पनि नयाँ-नयाँ के के सुनिराखिन्छ, त्यस्तो नहुँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर हप्तामा दुई तीन पटक नै सुनिन्छ घरी के घरी के, त्यसैले मार्ग प्रशस्त गर्नु नै राम्रो हुन्छ ।’

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको कम्पनिमा प्रवर्द्धक लगानी रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन् ।

प्रतिक्रिया