४ करोड ५० लाख ठगी मुद्दाका दुई फरार प्रतिवादी काठमाडौंमा पक्राउ


काठमाडौं-  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ करोड ५० लाख रुपैयाँ ठगी मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ठगी सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी शान्तीरमण पंगेनी र टिका पंगेनीलाई पक्राउ गरिएको जनाएको हो।

कमल प्रसाद ज्ञवालीको जाहेरीपछि दर्ता भएको ठगी मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी शान्तीरमण पंगेनीसहित अन्य व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका उनीहरूलाई खोजतलासका क्रममा  वैशाख २ गते करिब १ बजे काठमाडौंको टोखा नगरपालिका–७ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया