डडेल्धुरा अस्पतालले करार कर्मचारीलाई भन्यो– वैशाख १ गतेदेखि हाजिर नगर्नू


डडेल्धुरा-  डडेल्धुरा अस्पतालमा लामो समयदेखि करार सेवामा कार्यरत तर पद मिलान हुन नसकेका कर्मचारीहरूलाई वैशाख १ गतेदेखि हाजिर नगर्न निर्देशन दिइएको छ।

अस्पताल विकास समिति र अस्पताल प्रशासनको २०८२ चैत ५ गतेको संयुक्त निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। सोमबार एक सूचना जारी गर्दै करार कर्मचारीलाई १ वैशाखदेखि काममा उपस्थित नहुन अनुरोध गरिएको हो।

अस्पताल प्रशासनका अनुसार पद मिलान हुन नसकेका कर्मचारीहरूको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। यस विषयमा थप निर्णय नभएसम्म हालको व्यवस्था यथावत् रहने बताइएको छ।

प्रतिक्रिया