केपी ओलीको पित्तथैलीको शल्यक्रिया सकियाे


काठमाडौं-  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

उनको सचिवालयका अनुसार काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया सफलतापूर्वक सकिएको हो। अस्पतालले आवश्यक सबै परीक्षण रिपोर्ट प्राप्त भएपछि शल्यक्रिया गरिएको जनाएको छ।

अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार ओलीको पित्तथैलीमा समस्या देखिएपछि शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। परीक्षणका क्रममा उनको पित्तथैलीमा करिब २२ मिलिमिटरको पत्थरी रहेको पुष्टि भएको थियो।

यसअघि जेनजी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको आरोपमा आयोगको प्रतिवेदनअनुसार उनलाई नियन्त्रणमा लिइएको थियो। सोही क्रममा स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

 

प्रतिक्रिया